October 18, 2026, Sunday
KN hd tv

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि निष्कासन हुँदै

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि निष्कासन हुँदै छ। कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो।

कम्पनीको जारी पूँजी ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। 

कम्पनीले जिष्कासनको तयारी गरेको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो।

यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ। आईपीओ खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

२०७७ साल फागुन १७ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो।

लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
 



शीर्ष समाचार

धेरै पढिएको