जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

spot_img

काठमाडौं– झापामा जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।  मर्निङवाकमा जाँदा हात्तीको आक्रमणबाट कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई बिहीबार बिहान ५ बजेतिर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलभित्रको सडकमा हात्तीले आक्रमण गरेको थियो।

जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा