काठमाडौं । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरिएको स्रोतले बताएको छ ।
मन्त्रीहरुको बुधबार नै सपथ हुने बताइएको छ । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिएसँगै नयाँ मन्त्री थपिएको हो ।


