October 17, 2026, Saturday
KN hd tv

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं– लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ।

शीर्ष समाचार

धेरै पढिएको