October 17, 2026, Saturday
KN hd tv

कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर घोषणा

काठमाडौं-कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने भएको छ। सोमबार बिहान बसेको ८५३ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।

सञ्चालक समितिले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय गरेको छ। कृषि विकास बैंकमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। यसबापत नेपाल सरकारले ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त गर्ने छ। 

हाल नेपाल सरकारको अग्राधिकार शेयर बाहेकको शेयर पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अहिले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। यसमा नेपाल सरकारको अग्राधिकार शेयर जोडिदा चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ कायम हुनेछ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि वार्षिक साधारणसभा बोलाउन सक्ने छ।

शीर्ष समाचार

धेरै पढिएको