सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो
- Khabar Nirantar
- २०७७ मंसिर २५
काठमाडौं-बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।
बिहीबारका लागि चाँदी प्रतितोला १२ सय रुपैयाँ तोकिएकोमा बुधबार १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्