सप्तरी परिवर्तनको आन्दोलनमा अग्रमोर्चामा उभिएको सहिद भूमि: महामन्त्री संग्रौला
काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले लोकतान्त्रिक आन्दोलनमा सप्तरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै यसलाई सहिदहरूको गौरवमय भूमि भनेकी छन् । देशको राजनीतिक रूपान्तरण र अधिकार प्राप्तिको लडाइँमा मधेस र विशेषगरी सप्तरीका अग्रजहरूको योगदान इतिहासमा स्वर्णाक्षरले लेखिएको उनले बताइन् ।
सप्तरीको राजविराजमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सम्मान समारोहमा बोल्दै महामन्त्री संग्रौलाले नेपाली कांग्रेस अब परम्परागत शैलीबाट रूपान्तरण भई नयाँ पुस्ताको सोचअनुसार अघि बढेको दाबी गरिन् ।
पार्टी संगठनलाई थप समावेशी र गतिशील बनाउँदै लगिएको चर्चा गर्दै उनले भनिन्, “कांग्रेसको शक्ति भनेकै आमजनताको भरोसा हो । महिला, युवा तथा उत्पीडित वर्गको आवाजलाई सम्बोधन गर्दै राज्यका नीति निर्माण तहमा उनीहरूको समुचित प्रतिनिधित्व सुनिश्चित गर्न हाम्रो पार्टी निरन्तर लागिरहेको छ ।”

प्रतिकृया दिनुहोस्