October 26, 2026, Monday
KN hd tv

आज कस्तो रहला देशभरको मौसम? तराई र पहाडमा सफा, बिहीबारदेखि भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस प्रणालीका कारण आज देशभरको मौसमी अवस्था मुख्यतया स्थिर र शान्त रहने देखिएको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली भए पनि पहाडी र तराई भू-भागमा मौसम सफा रहनेछ । रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा आंशिक बादल लाग्नेछ । बिहानीपख उपत्यका, नदी किनार र तराईका भू-भागमा केही स्थानमा हल्का हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सवारीसाधन सञ्चालन गर्दा सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।

यद्यपि, आगामी कात्तिक १२ गते बिहीबार भने देशका अधिकांश भेगमा मौसमी सक्रियता बढ्ने र ठूलो मौसमी फेरबदल हुने महाशाखाको विशेष बुलेटिनमा उल्लेख छ । बिहीबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना औँल्याइएको छ ।

संभावित भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने भएकाले पूर्वतयारी र उच्च सतर्कता कायम राख्न मौसम पूर्वानुमान महाशाखाले सबै सरोकारवाला निकाय तथा सर्वसाधारणमा अपिल गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको