प्रिमियर लिग: घरेलु मैदानमै बर्नमाउथसँग ३–० ले पछारियो म्यानचेस्टर युनाइटेड
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै मैदान ओल्ड ट्राफोर्डमा बर्नमाउथसँग ३–० गोलले नराम्रोसँग पराजित भएको छ । कमजोर डिफेन्स र दिशाहीन आक्रमणका कारण युनाइटेडले निराशाजनक हार ब्यहोरेको हो ।
बर्नमाउथलाई प्रभावशाली जित दिलाउन रायन, मार्कस टाभर्नियर र एभानिल्सनले एक-एक गोल गरे । खेलको ३८औँ मिनेटमा रायनले खाता खोलेका थिए भने ४३औँ मिनेटमा टाभर्नियरले अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा काउन्टर अट्याकमा एभानिल्सनले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए ।
च्याम्पियन्स लिगको हारपछि प्रशिक्षकसँगको मतभेदका कारण नियमित कप्तान ब्रुनो फर्नान्डेसलाई बाहिर राख्ने निर्णय युनाइटेडका लागि प्रत्युत्पादक बन्यो । बलमा स्पष्ट पकड जमाए पनि युनाइटेडले गोलका अवसर सिर्जना गर्न सकेन । घरेलु मैदानमै लज्जास्पद हार व्यहोरेपछि प्रशिक्षक माइकल क्यारिकको भविष्यमाथि ठूलो संकट उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्