October 15, 2026, Thursday
KN hd tv

निर्वाचन प्रणालीमा सुधार र मितव्ययितामा जोड दिँदै आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेको छ। शीतल निवासमा आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका उच्च पदाधिकारीहरूले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन औपचारिक रूपमा बुझाएका हुन्।

प्रतिवेदनमा सम्पन्न भएका निर्वाचनहरूको समीक्षाका साथै बढ्दो चुनावी खर्चलाई नियन्त्रण गर्ने उपाय, मतदाता नामावलीको नियमित अद्यावधिक र निर्वाचन व्यवस्थापनलाई प्रविधिमैत्री एवं पारदर्शी बनाउने कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अपरिहार्य रहेको औँल्याएका छन्। साथै, उनले विगतका अनुभवबाट पाठ सिकेर आयोगको आगामी कार्यसम्पादनलाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउन निर्देशन दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको