October 16, 2026, Friday
KN hd tv

एमाले संविधान संशोधन कार्यदल सक्रिय, अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन

काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि आवश्यक सुझाव सङ्कलन तथा गृहकार्यलाई तीव्र बनाउँदै आफ्नो आन्तरिक प्रक्रिया अगाडि बढाएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ‘संविधान संशोधन सुझाव कार्यदल’ को आइतबार सम्पन्न पहिलो बैठकले संविधान कार्यान्वयनका सबल तथा कमजोर पक्षको समीक्षा गर्दै ठोस प्रस्ताव तयार पार्ने निर्णय गरेको छ।

बैठकले संविधान कार्यान्वयनका अनुभव, देखिएका जटिलता र पुनरावलोकनका विषयमा विस्तृत कार्ययोजना बनाउन पूर्वमहान्यायाधिवक्ता एवं पार्टी नेता अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ। उक्त उपसमितिको सदस्यहरूमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा रहनुभएको छ भने कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेश बर्तौलालाई नै दिइएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र शासन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले एमालेले अन्य राजनीतिक दलहरूसँग पनि संवाद र अन्तरक्रिया गर्ने भएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिको सुझाव समेटेर तयार पारिने संशोधन प्रस्तावलाई प्रभावकारी बनाउन कार्यदलले आन्तरिक छलफललाई समेत व्यापक बनाउने बताएको छ।

शीर्ष समाचार

धेरै पढिएको