अमेरीका – इरान प्रत्यक्ष वार्ता रद्द
ax’k|ltlIft अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र एमओयू कार्यान्वयनबारे शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएको छ।
स्विट्जरल्याण्डको विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गरी स्विट्जरल्यान्डको रिसोर्टमा शुक्रबारका लागि तय गरिएको अमेरिका–इरान वार्ता नहुने जनाएको हो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि jfर्ता /f]lsPsf] हो।
यसअघि अमेरिका र इरानबीच हालै भएको युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रलाई कार्यान्वयन गर्ने विषयमा शुक्रबार वा शनिबारबाट प्रत्यक्ष प्राविधिक वार्ता सुरु हुने अपेक्षा गरिएको थियो।
ह्वाइट हाउसले भ्रमण स्थगित हुनुको कारणमा लजिस्टिक व्यवस्थापन भनेको छ।
तर अमेरिकी र क्षेत्रीय कूटनीतिक स्रोतहरूले यसको पृष्ठभूमिमा लेबननमा युद्धविरामकै बीच तनाव जारी भएका कारणले रोकिएको भनेर अमेरिकी ;dfrf/ ;+:yfx?n] pNn]v u/]sf 5g\ .

प्रतिकृया दिनुहोस्