रास्वपा महाधिवेशन भरतपुर गेष्टहाउस चौरमा हुने
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने भएको छ।
बढ्दो गर्मीलाई ध्यानमा राखेर रत्ननगरमा गर्ने भनिएको उद्घाटन त्यहाँबाट सारेर भरतपुरको प्रहरी कार्यालयसँगै रहेको गेष्टहाउस चौरमा गर्न लागिएको हो।
बन्दसत्र भने भरतपुरमै रहेको नेपाल उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनका अनुसार
‘महाधिवेशनका प्रतिनिधिहरूले पहिलो प्रश्न नै गर्मी कत्तिको छ भनेर गर्ने गरेकाले रत्ननगरबाट भरतपुर सारिएको हो ।
गेष्टहाउस चौरमा २७ देखि ३२ हजार मानिस अट्न सक्ने अनुमान रास्वपाको छ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि खाना, खाजाको प्रबन्ध गरिएको वासका लागि भने सहभागि आफैंले खर्च गर्नुपर्नेछ ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते हुँदैछ।

प्रतिकृया दिनुहोस्