October 17, 2026, Saturday
KN hd tv

अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं : आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । 

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । 

नेपालले प्रस्तुत गरेको प्रस्ताव महासभाबाट गत फागुन २६ मा अनुमोदन भएको थियो। दिवसले सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासतर्फ सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । 

उपचारभन्दा निवारणमा जोड दिने, स्वस्थ जीवनशैली अपनाउने र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा योगदान पुग्ने विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघले आदिवासी तथा स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्त्व स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत उपचार पद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरेको छ।

यस दिवसले विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

शीर्ष समाचार

धेरै पढिएको