कालीगण्डकीमा पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटियो
- Khabar Nirantar
- २०८३ बैशाख २
काठमाण्डौ – पाल्पाको बगनासकाली–७ दैलातुङ कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।
नयाँ वर्षको दिन हिजो बेलुका कालीगण्डकी नदीमा पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ चाप्पानी पाल्पाका ३९ वर्षीय शरण भुसाल र त्यही ठाउँका २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता हुनुभएको थियो ।
भुसाल र बस्यालको खोजी गर्दा आज बिहान तोयानाथ बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शरण भुसालको खोजी भइरहेको छ ।
कालीगण्डकी नदीमा पौडी खेल्न गएका चार जना गएका थिए । उनीहरूलाई नदीले बगाएको र दुई जनाले पौडिएर नदी पार गर्न सफल भएको प्रहरीको भनाइ छ ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्