संसद्को संयुक्त बैठक सुरु, राष्ट्रपतिको सम्बोधन (लाइभ)
काठमाडौँ : सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनपछि बसेको सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार संसद् सचिवालयले संयुक्त बैठक आह्वान गरेको हो।
आजै दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। उक्त बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने सम्भावना रहेको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा पनि उम्मेदवार छन्।
उपसभामुखको शपथ ग्रहण कार्यक्रम आजै बेलुका ६ बजेका लागि तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यसपछि सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

प्रतिकृया दिनुहोस्