October 17, 2026, Saturday
KN hd tv

शासकीय सुधारका १०० कार्यसूची : ६० दिनभित्र विद्यालयबाट दलीय संगठन हटाइने

काठमाडौं : सरकारले विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ।

शासकीय सुधारका लागि तय गरिएका १०० कार्यक्रमअन्तर्गत शैक्षिक गुणस्तरमा आएको गिरावट रोक्न यस्तो व्यवस्था लागू गर्न लागिएको हो। दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल गठन गर्ने योजना छ।

सरकारले सार्वजनिक गरेको कार्यसूचीमा शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज प्रतिनिधित्व नहुनु र शैक्षिक गुणस्तर घट्दै जानुजस्ता समस्या समाधान गर्न ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाइने उल्लेख गरिएको छ। साथै ९० दिनभित्र विद्यार्थी काउन्सिल वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गरिनेछ।

यस्तै, विश्वविद्यालयहरूले स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको क्यालेन्डरअनुसार सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिनेछ।

विद्यार्थीलाई स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्य नहुने गरी आवश्यक कार्यविधि मिलाउने निर्णय पनि गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको