ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोलि सांसदलाई सपथ खुवाउने
काठमाडौं : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतलनिवासमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्। उनले बिहीबार (चैत १२) प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्। केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।
७८ वर्षीय केसीले सभामुख चयन नभएसम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता पनि गर्नेछन्। साथै, उनले चैत १२ गते २७४ सांसदलाई शपथ ग्रहण गराउनेछन्।

प्रतिकृया दिनुहोस्