रवि लामिछानेको मुद्दामा बहस सकियो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ ।
न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा चैत १ गतेदेखि जारी बहस बिहीबार सकिएको हो। निवेदकतर्फको जवाफी बहस आज खाजा समयअघि सम्पन्न भएपछि अब फैसलाको प्रतीक्षा सुरु भएको छ। अदालत स्रोतका अनुसार सम्भव भएसम्म आजै, अन्यथा भोलि फैसला आउनेछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको छ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र दिनेश त्रिपाठी लगायतले बहस गरेका छन् भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितको टोलीले पैरवी गरेको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्