October 20, 2026, Tuesday
KN hd tv

‘ग्यासमा देखिएको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको छ’

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा ग्यास आपूर्ति केही कडा भएको स्वीकार गरेका छन्। उनले समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको बताएका छन्।

आइतबार मनाइएको विश्व उपभोक्ता अधिकार दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको ग्यास अभाव हटाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चालिएको जानकारी दिए।

‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ताको अधिकार संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए ।

उनका अनुसार विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम गरिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको