October 20, 2026, Tuesday
KN hd tv

तामाङमाथि बास्कोटाको आक्रोश : चरम अवसरवादी पात्र

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीकै नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले तामाङलाई ‘चरम अवसरवादी पात्र’को संज्ञा दिँदै आफूमाथि भएको टिप्पणीको कडा शब्दमा प्रतिवाद गरेका हुन्।

आफूले राखेको विचारका कारण तामाङले सार्वजनिक रूपमा आक्रमण गरेको भन्दै बास्कोटाले त्यसलाई ‘कोदोवारी फाँडेसरह’ व्यवहार गरिएको बताएका छन्।

उनले आफ्नो मतप्रति तामाङ आक्रामक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै यसले पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएको संकेत गरेको बताएका छन्।

बास्कोटाले स्टाटसमा तामाङको विगतसमेत कोट्याउँदै उनलाई व्यक्तिगत स्वार्थका लागि पार्टी र गुट फेरिरहने नेताका रूपमा चित्रण गरेका छन् ।

तामाङले आफू र आफ्नी श्रीमतीको पद प्राप्तिका लागि पटक–पटक गुट बदल्ने गरेको र आवश्यक पर्दा पार्टी फुटाउनसमेत पछि नपर्ने गरेको उनको आरोप छ। २०३८ सालपछिको राजनीतिक इतिहास हेर्नसमेत चुनौती दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको