April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

‘कर्णाली विद्रोह’माथि बालुवाटारमा छलफल हुँदै

काठमाडौं- गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ। शाही र विद्रोहमा सहभागी नेताबीच प्रधानमन्त्रीको उपस्थितिमा छलफल हुन थालेको हो।

आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आइसकेका छन्।

प्रचण्डले दुवै पक्षलाई भेटेर वस्तुस्थितिका विषयमा रिपोर्टिङ लिइसकेका छन्।

शनिबार ओलीले दुवै पक्षको भनाइ सुन्ने कार्यक्रम छ। बालुवाटारमा अध्यक्षद्वयले नै प्रदेशको समस्या सुन्ने भनिए पनि प्रचण्डले आफूले सुनिसकेको र प्रधानमन्त्रीलाई सुन्न आग्रह गरेको बताइएको छ।

बालुवाटारको छलफलमा दुवै पक्षका नेताहरु उपस्थित हुने यामलाल कँडेलले बताए।

कर्णालीबाट आएका नेताहरु बालुवाटारमा भेला भइरहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको