October 17, 2026, Saturday
KN hd tv

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको न्यु योर्क टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र तेहरान बीच वार्ता चलिरहेको समयमा इरान विरुद्ध सैन्य कारबाही कै बिच तैनाथी विकास भएको जनाइएको छ । हाल अमेरिकाले इरान माथि आफ्नो आणविक कार्यक्रमलाई लिएर सम्झौता गर्न दबाब बढाइरहेको छ ।

न्युयोर्क टाइम्सले नाम न छाप्ने सर्तमा चार जना अमेरिकी अधिकारीहरूले तैनाथी पुष्टि गरेको जनाएका छन् ।

युएसएस फोर्ड स्ट्राइक समूहको नयाँ अर्डरले यसलाई पर्सियन खाडीमा युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक समूहमा सामेल गन जनाइएको छ ।

युएसएस लिङ्कन विमान वाहक मिसाइल दुई हप्ता भन्दा पहिले पश्चिम एसियामा आइपुगेका थिए ।

अमेरिकी समाचारले युएसएस फोर्डको लडाकु विमानहरूले जनवरी – ३ मा काराकसमा भएको आक्रमणमा भाग लिएको र राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको रिपोर्ट गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि ट्रम्पले इरानले ’मिडनाइट ह्यामर’ प्रहार गरेकाले सम्झौतामा पुग्न असफल भएको उल्लेख गर्दै तेहरानले यस पटक जिम्मेवार तरिकाले कार्य गर्ने आशा गरेको बताएका छन् ।

सन् २०२५ जुन–२१ मा, ‘अपरेसन मिडनाइट ह्यामर’ अन्तर्गत, संयुक्त राज्य अमेरिकाले इरानी आणविक पूर्वाधार विरुद्ध आक्रमण गरी फोर्डो, नातान्ज र इस्फहानका तीन प्रमुख स्थलहरूलाई लक्षित गरेको जनाइएको छ ।

इरानले भने अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रको बडापत्रको खुल्लमखुल्ला उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरेको छ ।

इरानी अधिकारी अली लारिजानीले अल जजिरासँगको अन्तर्वार्तामा ओमानमा वासिङ्टनसँग अप्रत्यक्ष वार्ता भइरहेको र संयुक्त राज्य अमेरिकाबाट अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको बताए ।

वार्ता प्रक्रियामा वासिङ्टनको प्रवेशलाई ‘तर्कसंगत मार्ग’ तिर अघि बढ्ने सङ्केतका रूपमा वर्णन गर्दै संयुक्त राज्य अमेरिकाले इरान प्रति सैन्य विकल्प भन्दा फरक दृष्टिकोण अपनाउनु पर्ने निष्कर्षमा पुगेको लारिजानीले उल्लेख गरेको इरानी मिडियाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको