निर्वाचन आयोग पुगे देउवा पक्षधर कांग्रेस (फोटो फिचर)
काठमाडौँ: नेपाली कांग्रेसमा विवाद चर्किँदै गएर दुई खेमा बनेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रवार बिहानै निर्वाचन आयोग पुगेका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि देउवा पक्षका नेताहरू आयोग पुगेका हुन् ।
आयोग गएका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत लगायत छन्।
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै आफूहरू आयोग पुगेको कांग्रेस नेता कल्याण गुरुङले बताए। आयोगका पदाधिकारीहरूसँग छलफल हुने उनले जानकारी दिए।
उता महाधिवेशनबाटै नेतृत्व चयन भएको दाबी गर्दै सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा अद्यावधिक गर्न भन्दै बिहीबार निवेदन दिइसकिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)

प्रतिकृया दिनुहोस्