March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

खबर निरन्तरको सल्लाहकार सम्पादकमा डा. गाउँले बलदेव

काठमाडौं, असोज २८

खबर निरन्तर डटकमको सल्लाहकार सम्पादकमा डा. बलदेव अधिकारी गाउँले चयन हुनुभएको छ । केएन मिडिया प्रालिद्वारा संचालीत खबर निरन्तरको बुधबार बसेको बैठकले गाउँलेलाई सल्लाहकार सम्पादक बनाउने निर्णय गरेको हो ।
पत्रकारीता तथा स्तम्भ लेखनमा झण्डै चार दशक लामो अनुभव हाँसिल गरेका अधिकारीको विभिन्न विधामा लेखिएका ६२ कृतिहरु प्रकाशित छन् । ६० वर्षीय डा. गाउँले नेपाली भाषा बचाऔं अभियानका संयोजक हुन् भने अक्षरालय भाषा प्रष्ठिानका कुलपति हुन् । नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव विषयमा विद्यावारिधि गरेका डा. गाउँलेसँग शिक्षण पेशाको पनि लामो अनुभव छ । चार दशक भन्दा पढी शिक्षण पेशामा बिताएका उनीसँग राजपरिवारका सदस्यहरुलाई समेत नेपाली भाषा पढाएको अनुभव छ । साहित्यमा विशिष्ट पहिचाहन बनाएका डा गाउँलेको अब खरब निरन्तरमा हरेक पुर्णिमाको दिन ‘सह – अस्तित्व’ नामक स्तम्भ प्रकाशित हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको