May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

हुम्लामा विज्ञ टोली पठाउन कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं-  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनले मिचेको भनिएको हुम्लास्थित नेपाली भूमिको अध्ययनका लागि विज्ञ टोली पठाउन माग गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै पौडेलले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिक्रिया दिएको भन्दै सरकारले जनतासमक्ष माफी माग्नु पर्ने समेत बताएका छन् ।

प्रदेश सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन  गर्नु पर्ने उनको माग छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक  गरिसकेको हो ।

शीर्ष समाचार

धेरै पढिएको