December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पुनः नेपाल निर्वाचित

काठमाडौँ- संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ ।

राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१- ०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो।

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।

मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन्।

तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । नेपाली फेरि निर्वाचित भएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको