July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थपिए २१२९ जना कोरोना संक्रमित

काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका छन् ।

सोमबार काठमाडौँ उपत्यकामा २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४६ हजार ४ सय ९७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको