June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

विराटनगरमा थप एक उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर – मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।  सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुषको बिहान ८:१० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएकोभन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा सारिएको देवको भनाइ छ । 

उनका अनुसार बेहोस अवस्थाका पुरुषको होस नखुल्दै मृत्यु भएको हो । मृतकमा स्वास्थ्यसम्बन्धी पुरानो समस्या भए/नभएको बारेमा अस्पतालले केही जानकारी गराएको छैन । 

शीर्ष समाचार

धेरै पढिएको