September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

सिम्रिक एयरले पायो कोरोना संक्रमितको उद्धार गर्ने अनुमति

काठमाडौं–  सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस संक्रमितको  उद्धार गर्ने अनुमति प्रदान गरेको छ ।

निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्‍त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले यस्तो अनुमति प्रदान गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न सोमबार अनुमति  दिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले स्वास्थ्य डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयले तय गरेको कोरोना संक्रमितको उद्धार र उपचारसम्बन्धी प्रोटोकल पुरा गरेकोले सिम्रिक एयरलाई यस्तो अनुमति दिइएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने संक्रमितको चाप बढ्दै गएकोले अब हेलिकोप्टर उद्धार केही सहज हुनसक्‍ने बताए। 

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको तर हेलिकोप्टर सेवा सहजरुपमा उपलब्ध नहुँदा उनीहरुको आपतकालीन उद्धार र उपचारमा समस्या भएको अवस्थालाई ध्यानमा राख्‍दै सरकारले निजी क्षेत्रको हेलिकोप्टर प्रदायकलाई यस्तो अनुमति दिएको हो। 

संक्रमितलाई सुरक्षिता ढंगले राख्‍नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको