October 17, 2026, Saturday
KN hd tv

ड्रग्स तस्करी गर्ने गिरोहविरुद्ध कडा कारबाही गर्ने अमेरिकाको तयारी

अमेरिकाले ड्रग्स तस्करी गर्ने गिरोहविरुद्धको कारबाही कडा बनाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रग्स नियन्त्रण र गिरोहमाथि कारबाही चलाउन भेनेजुएलामा सीआईएलाई अनुमति दिएको बताउनुभएको छ ।

यस निर्णयमा दक्षिण अमेरिकी देशहरुले कडा आपत्ति जनाएका छन् । केही समयअघि अमेरिकी बलले क्यारिबियन सागरमा ड्रग्स तस्करीको आशंकामा कयौं जहाजमा पाँचपटक आक्रमण गरेको थियो । जहाँ २७ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघका मानअधिकार विशेषज्ञहरुले यो कारबाहीलाई गैरकानुनी हत्या बताएका छन् । ह्वाइट हाउसमा ट्रम्पले अमेरिका ड्रग्स तस्करी गर्ने गिरोहविरुद्ध आगामी दिनमा पनि कडा कारबाहीको योजना बनाइरहेको बताउनुभएको छ  । यता भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले टेलिभिजनमार्फत् अमेरिकासँग शान्तिको अपील गर्नुभएको छ । 

शीर्ष समाचार

धेरै पढिएको