रुकुम पश्चिममा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गयो
- Khabar Nirantar
- २०७७ आश्विन २७
रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । सडक खन्ने क्रममा स्थानीय वडा नं. ९ का ३७ वर्षीय दीपेन्द्र ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।
नविन कृष्ण कन्ट्रक्शन प्रालीकाे रा १ क ११३७ नम्बरको डोजरका चालक दीपक ओली भने घटनापछि भागेका छन् । घटनालगत्तै मृतक ओलीका आफन्तले आन्दोलन गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।
मृतकका आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल भइरहेको छ ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्