October 22, 2026, Thursday
KN hd tv

आइपिएल: चेन्नाईको पाँचौं हार

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले चौथो जित निकालेको छ। बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो।

१७० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि बैंग्लोरले सहज जित निकालेको हो। बैंग्लोरविरुद्ध चेन्नाईका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। चेन्नाईका आम्बती रयुडुले ४२ र नारायण जगदीसनले ३३ रन बनाएपनि अन्य खेलाडी भने सस्तैमा समेटिए। बैंग्लोरका लागि जारी सिजनमा पहिलो पटक टिममा परेका क्रिस मोरिसले चार ओभरमा १९ रन खर्चिएर तीन विकेट लिदा वासिङटन सुन्दरले दुई विकेट लिए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो। १३ रन हुँदा पहिलो विकेटको रुपमा आरोन फिन्चलाई गुमाएको बैंग्लोरका कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे। उनले ५२ बलमा चार छक्का र चार चौका प्रहार गर्दै अविजित ९० रन बनाए। त्यस्तै, देवदुत्त पाडिकलले ३३ रन बनाए। बलिङतर्फ चेन्नाईका सार्दुल ठाकुरले दुई विकेट लिए।

शीर्ष समाचार

धेरै पढिएको