July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

आज थप २०५९ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७३ हजार ९ सय २३ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १६ हजार ५३ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३ सय ३९ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १५ हजार ८ सय ७७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ६०० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको