December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

सरकारी टोलीले समय नदिएपछि डा. केसी पक्षको वार्ता अनिश्चित

काठमाण्डाै – सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो । सुवेदीका अनुसार शुक्रबार सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताउनुभयो ।

सरकारी टोलीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन । डाक्टर केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उहाँका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।

सरकारले वार्ताका लागि टोली गठन गरेपछि चिकित्सक सङ्घले आन्दोलन रोकेको थियो । डाक्टर केसी अनशनमा बसेको शुक्रबार २६ दिन भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको