April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

जापानले नोभेम्बरदेखि १२ देशबाट आउन दिने

टोकियो– जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ।

कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो।  

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन्।

सरकारले अत्यावश्यक काम परेका र आउनैपर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो। जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ। 

जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ।

शीर्ष समाचार

धेरै पढिएको