July 26, 2024, Friday
KN hd tv

भिभोको लक्की ड्रमार्फत आकर्षक पुरस्कार

काठमाडौं – दशैं पर्वको अवसरमा ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको प्रस्ताव घोषणा गरेको छ।

दशैंको यो विशेष प्रस्ताव योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारिक तथा खुद्रा विक्री केन्द्रमा लागू हुनेछ।  चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटहरुको खरिद गर्नको लागि उपहारहरु निश्चितरुपमा प्रदान गर्ने योजना ल्याएको छ।

उत्सबलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५,००० भन्दा माथिको भिभो ह्यान्डसेटको खरिदमा विना लागत समान मासिक किस्ता (EMI)  र शून्य अग्रिम भुक्तानी जस्ता आकर्षक प्रस्तावहरु ल्याएको छ। दशैको यो विशेष लक्की ड्र मार्फत १२००० भन्दा बढी भाग्यशाली भिभोका ग्राहकहरुलाई ४३ इन्चको स्मार्ट टिभी, इएरबड,पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोनलगायत अन्य उपहारहरु आफ्नो घरमा भित्र्याउने अवसर प्रदान गर्ने जनाएको छ। उत्सवको अवधिमा अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहारमार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्दछ।

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने, ‘यो प्रस्ताव योजना चाडपर्वको अवधिभर मान्य रहनेछ। नेपालमा रहेको ग्राहकहरुले हामीप्रति देखाएको सद्भाव, प्रेम र कृतज्ञताको लागि हामीले यो लक्की ड्र लाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका छौं।’

शीर्ष समाचार

धेरै पढिएको