October 22, 2026, Thursday
KN hd tv

सुनसरीमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं – सुनसरीमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

इटहरीका संक्रमितलाई २० गते कोरोना पोजेटिभ भएको थियो। मृतक प्रतिष्ठानमा उपचाररत थिए। २२ गते कोभिड अस्पतालमा भर्ना भएका थिए।

बिहीबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। मृतकमा पहिलेदेखि दीर्घ रोग थियो। दुहबीका मृतकमा किड्नीको समस्या रहेको थियो। उनी प्रतिष्ठानमा उपचाररत थिए। १२ कोरोना पुष्टि भई सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए। उनको बिहीबार राति करिब २ बजे मृत्यु भएको थियो।

योसँगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको