October 21, 2026, Wednesday
KN hd tv

स्पेन र पोर्चुगलको बराबरी

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पार्चुगल र स्पेनले बराबरी खेलेका छन्। बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगल र स्पेनले गोल रहित बराबरी खेलका हुन्।

५० हजार दर्शक क्षमता भएको जोसे अल्भालेड रंगशालामा २५ सय दर्शकसहित खेलाइएको खेलमा दुवै टिमले गोल गर्न सकेनन्। सन् २०१८ को विश्वकपको समूह चरणमा स्पेन र पोर्चुगलबीच भएको खेलमा ३–३ गोलको बराबरीमा सकिएको थियो। त्यसबेला कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए। पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा १०१ गोल गरेका रोनाल्डोले यो मैत्रीपूर्ण खेलमा भने स्पेनविरुद्ध गोल गर्न सकेनन्।

त्यस्तै, अर्को मैत्रीपूर्ण खेलमा जर्मनीले टर्कीसँग ३–३ गोलको बराबरी खेलेको छ। ३–२ गोलको अग्रता बनाएपनि खेलको अन्तिम समयमा जोगिन नसक्दा जर्मनीले टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो।

शीर्ष समाचार

धेरै पढिएको