November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

प्रदेश ५ को नाम र केन्द्र निर्धारण गर्न नेकपाको ह्वीप

बुटवल – नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सकिएको छ। आज बसेको बैठकले प्रदेश सरकारले ल्याएको राजधानी र नामसम्बन्धी प्रस्ताव पास गराउनका लागि सांसदहरुलाई ह्वीप जारी गरेको छ।

मंगलवार बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भएपनि ढिलो गरी सुरु भएको थियो। मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश ५ इन्चार्जको हैसियतले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि मतदान गर्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले बताए। अबको केहीबेरमा प्रदेश सभा बैठक शुरु हुँदैछ।

प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले केहि समयअघि राजीनामा दिएका छन्। सांसद श्रेष्ठ संसदीय दलको बैठकमा पनि उपस्थित भएनन्। बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेस र संयुक्त संघर्ष समिति रुपन्देहीले प्रदेशसभा कार्यालय क्षेत्रमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्।

प्रदेश सभा भवन बाहिर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको