June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

बालुवाटारमा कोरोना : प्रधानमन्त्रीको भेटघाट बन्द

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अहिले कोरोनाको हटस्पट बनेको छ।

शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका पाँचजनासहित ७५ जनालाई कोरोना देखिएको छ। प्रमुख सल्लाहकार विष्णु रिमालसहित सचिवालयका पाँचजना र ७० जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै किसिमका भेटघाट बन्द गरेका छन्।

ठूलो संख्यामा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य सुरक्षामा सतर्कता बढाइएको छ। गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई सामान्य मानिसलाई भन्दा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ।

त्यहीकारण स्वास्थ्य सुरक्षामा सतर्कता अपनाइएको प्रधानमन्त्री ओलीको निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले बताइन्।

शीर्ष समाचार

धेरै पढिएको