October 15, 2026, Thursday
KN hd tv

सिरहाका सीडीओ दाहाल गृह मन्त्रालय तानिए, अर्याललाई जिम्मेवारी

काठमाडौं । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयका अनुसार, सिरहाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याललाई पठाइएको छ।

सिरहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि सीडीओ दाहाललाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ। उक्त घटनासँग सम्बन्धित सत्यतथ्य पत्ता लगाउन गृहमन्त्री रमेश लेखकले स्वतन्त्र छानबिनका लागि प्रहरीलाई निर्देशन दिइसकेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि घटनाको छानबिन गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको