October 15, 2026, Thursday
KN hd tv

होली खेल्ने क्रममा छुरा प्रहार, युवकको मृत्यु

जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्हीका १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरेका छन् । छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् । डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको