आईसीसी च्याम्पियन्स ट्रफी: आज अस्ट्रेलिया र अफगानिस्तानको निर्णायक खेल
काठमाडौँ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘बी’ का अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन्। पाकिस्तानको लाहोरमा हुने यो खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ।
समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाट बाहिरिएपछि दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तानलाई अन्तिम चारमा पुग्ने सम्भावना कायम रहेको छ।
आजको खेल पछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ।
यसअघि, हिजो समूह ‘ए’ का पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण टस पनि नभइ रद्द भएको थियो। यसै गरी, गत मङ्गलवार वर्षाका कारण समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि रद्द भएको थियो।
नेट रन रेटका आधारमा बङ्गलादेशले तालिकाको तेस्रो स्थानमा र पाकिस्तानले पुछारमा रहेको छ। यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन्।

प्रतिकृया दिनुहोस्