October 21, 2026, Wednesday
KN hd tv

ट्रम्पद्वारा युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौतामा आशा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटपछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले रुस–युक्रेन युद्धविरामबारे चाँडै सहमति जुट्ने आशा व्यक्त गर्नुभएको छ।

बेलायती प्रधानमन्त्रीसँगको वार्ताका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युक्रेनी सेनाको प्रशंसा गर्नुभएको बीबीसीले उल्लेख गरेको छ।

उहाँले बेलायतसँग कुनै अतिरिक्त शुल्क नलाग्ने गरी व्यापार सम्झौता गर्न सकिने दाबी गर्नुभएको छ।

यसै क्रममा, ट्रम्पले बेलायतको भ्रमणका लागि राजा चाल्र्सको निमन्त्रणा स्वीकार गर्नुभएको छ। साथै, बेलायतले चागोस द्वीप समूह मौरिससलाई हस्तान्तरण गर्ने योजनालाई समर्थन गर्न इच्छुक रहेको बताउनुभएको छ।

शीर्ष समाचार

धेरै पढिएको