October 21, 2026, Wednesday
KN hd tv

पूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायतको मेयरमा मनोनीत

पूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एन्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन्। उनी सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित भएका थिए। ३८ सदस्यीय काउन्सिलमा लेबरका १९, कन्जरभेटिभका १७ र ग्रीन पार्टीका २ काउन्सिलर छन्। ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन्।

अब आउँदो मे १५ मा औपचारिक समारोहमार्फत उनले मेयर पदको शपथ लिनेछन्। बेलायतको गोर्खा भर्ती इतिहासमा पूर्वगोर्खाको तर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको विषय रहेको उनले बताएका छन्।

करिब तीन दशक ब्रिटिस आर्मीमा सेवा गरेका सारू हाल ब्रिटिस गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत छन्। उनी रोयल इञ्जिनियर्समा ग्यारिजन इञ्जिनियरका रूपमा सेवा निवृत्त भएका हुन्। सन् २०१७ देखि इम्ब्रोइडरी व्यवसाय सञ्चालन गरिरहेका उनी पाल्पामा जन्मिएका हुन्।

शीर्ष समाचार

धेरै पढिएको