July 27, 2024, Saturday
KN hd tv

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

दोहा- संविधान दिवसको अवसरमा भोलि संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भोलि शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जनाएको हो ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो।

सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ।

शीर्ष समाचार

धेरै पढिएको