October 21, 2026, Wednesday
KN hd tv

वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा ‘प्लान थ्री’ लागू

भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू भएको छ । हावाको गुणस्तर मापन सूचक (एक्यूआई) पछिल्लो तीन दिनदेखि लगातार चार सयभन्दा माथि पुगेपछि सरकारले प्लान थ्री लागू गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आज बिहान ८ बजेदेखि लागू भएको योजना अर्को सूचना प्रकाशन नभएसम्मका लागि लागू हुने छ । यो योजनाअन्तर्गत विद्यालयका कक्षा ५ सम्म बन्द हुनेछन् । दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भनेको छ । यस्तै भारत स्टेज स्टयान्डर्ड (बीएस) थ्री पेट्रोल र बीएस फोर डिजलबाट चल्ने गाडीहरूमा रोक लागेको छ ।

यस्तै भवन भत्काउन र निर्माण कार्यमा पनि रोक लागेको छ । टाइल्स, ढुङ्गा लगायत काट्न र भाँच्न रोक लागेको छ । घरहरूमा सानातिना मर्मतबाहेक सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्ग्सको प्रयोग हुने कामहरू गर्न पाइने छैन । डिजलबाट चल्ने जेनेरेटरहरू चलाउन पाइने छैन ।

शीर्ष समाचार

धेरै पढिएको