October 21, 2026, Wednesday
KN hd tv

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । आज र भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी रुस जानु अघि भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखामा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।

भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्तापछि सम्झौता भएको भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताउनुभएको छ । सम्झौतासँगै सन् २०२० सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्याे त्यहाँँसम्म फेरि गस्ती गर्न पाउने उहाँको भनाइ छ ।

सन् २०२० मा सीमा क्षेत्रमा भएको झडपमा भारतीय सैनिकको ज्यान गएपछि विवाद बढेको थियो । सुरक्षा विज्ञहरुले अहिलेको सम्झौतालाई दुई देशबीचको सम्बन्ध सुधारको सङ्केतको रूपमा व्याख्या गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको