October 21, 2026, Wednesday
KN hd tv

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बिबिसीले उल्लेख गरेको छ ।

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ । –न्यूज कारखाना

शीर्ष समाचार

धेरै पढिएको